News

Jun 15, 2010

किर्गिस्तानमा २० विद्यार्थीद्वारा उद्धार गर्न अनुरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किर्गिस्तानको दक्षिणी क्षेत्रमा फैलिएको जातीय दंगाबाट किर्गिज शहर ओसमा अध्ययनरत नेपाली विद्यार्थीहरु प्रभावित भएका छन्। त्यहाँ रहेका २० नेपाली विद्यार्थीले आफूहरुलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल फर्किने व्यवस्था गरिदिन सामूहिक रुपमा अनुरोध गरेका छन्। किर्गिज तथा उज्वेक समुदायबीच भएको जातीय दंगामा किर्गिस्तानको दोस्रो ठूलो शहर ओस तथा दक्षिणी शहर जलाल-अवाद हिंसाले सबैभन्दा बढी प्रभावित भएपछि अध्ययनका क्रममा त्यहाँ रहेका नेपालीसहित अन्य विदेशी नागरिक असुरक्षित बनेका हुन्।हिंसाका कारण किर्गिज शहर ओस तथा जलाल-अवादमा अहिलेसम्म १ सय ७० जनाको ज्यान गइसकेको छ र २ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी तथ्यांक भए पनि मृत्यु हुनेको संख्या २ हजारको हाराहारीमा रहेको अनुमान विभिन्न साचारमाध्यमले गरेका छन्। झन्डै १ हजार विदेशी नागरिकलाई आफ्नो देश पठाइएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै विभिन्न विदेशी साचारमाध्यमले बताएका छन्। चीन तथा भारतले आफ्ना नागरिकलाई सुरक्षित घर फर्किने व्यवस्था मिलाइसकेको भए पनि नेपालले आफ्ना नागरिक फर्काउन बल्ल पहल शुरु गरेको छ। नेपालको दूतावास त्यहाँ नभएका कारण भारतीय दूतावासको सहयोगमा नेपालीलाई सुरक्षित गर्ने र फर्काउने काम थालेको परराष्ट्र सचिव मदनकुमार भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।किर्गिस्तानमा भएको भारतीय नियोगले दंगा बढ्दै गएपछि दंगा प्रभावित शहर ओस तथा जलाल-अवादबाट त्यहाँ अध्ययनको क्रममा रहेका भारतीय तथा नेपाली विद्यार्थीहरुलाई मंगलबार सुरक्षित रुपमा राजधानी विस्केक ल्याएको छ। विस्केकबाट नेपालसम्म आउन भारतीय सहयोग माग्दा भारतीय दूतावासले रसियाको मस्कोमा रहेको नेपाली दूतावाससँग समन्वय गर्न सुझाव दिएपछि पीडित विद्यार्थीहरुले किर्गिस्तानको राजधानी विस्केकस्थित भारतीय राजदूतावाससँग समन्वय गरी आफूहरुलाई उद्धार गरिदिन मस्कोमा भएको नेपाली नियोगलाई अनुरोध गरेका छन्। उद्धारका लागि अनुरोध गर्ने विद्यार्थीहरुमा फैजर रहमान शंकरप्रसाद राउत मोहम्मद रसिद सिद्धिकी सुशील बोहरा दिनेश क्षत्री जगन्नाथ शाह चन्दनप्रसाद साह मोहम्मद अहममादुल्लाह अनिलकुमार यादव राजन आचार्य नासिर विमालदेव यादव शान्ति शिवाकोटी राजेन्द्रविक्रम खड्का दिलीपकुमार सादा चन्द्रशेखर लामा रोजालिना कार्की एलिना कार्की तथा नवीन चन्द्र बजगाइं रहेका छन्।

No comments: