लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लोट्सफिल्ड/ असामोह ग्यानको पेनाल्टी गोल मद्दतले आइतबार समूह 'डी' को सम्पन्न पहिलो खेलमा घानाले सर्बियालाई १-० ले पराजित गरेको छ । सो जितसँग विश्वकपमा दोस्रोपटक सहभागी टोली घानाले महत्त्वपूर्ण तीन अंक बटुलेको छ । पछिल्लो संस्करणमा घाना अन्तिम १६ मा पुगेको थियो । खेलको ८५औँ मिनेटमा डिबक्सभित्र सर्बियाका ड्राभ्को कुज्मानोभिकले हातले बल रोकेपछि घानाले पेनाल्टीको अवसर पाएको थियो । अन्तिम पाँच मिनेटअघि प्राप्त पेनाल्टीलाई ग्यानले कुनै गल्ती नगरी टोलीलाई १-० का लागि गोल गरेका थिए । उनको सो गोलले खेलको छिनोफानो गर्यो । यसअघि खेलको ७४औँ मिनेटमा सर्बिया दस खेलाडीमा सीमित भएको थियो । घानाका स्ट्राइकर ग्यानलाई अलेक्साडेर लुकोभिकले पछाडिबाट लडाएपछि उनले रातो कार्ड खाएका हुन् । त्यसपछि घानाले दस खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।विश्वकपको छनोट चरणमा रुसलाई निराश पारेको सर्बियाले खेलमा पक्कड बनाएको थियो । दुवै हाफमा सर्बियाले अपिmकी टोली घानामाथि दबाब राखेको थियो । खेलको ५९औँ मिनेटमा मार्को पेन्टेलिकोले क्रसबारनजिक प्रहार गर्न पुगेका थिए । यसअघि निकोला जिगिकको उत्कृष्ट भलीलाई भोर्साहले क्लियर गरेका थिए ।
No comments:
Post a Comment