News

Jun 14, 2010

नयाँ योजनाका लागि ४० करोड निकासा दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ३१ - संसदबाट स्वीकृत वाषिर्क बजेट छल्दै सरकारले पहुँचवाला नेताहरूका जिल्ला र निर्वाचन क्षेत्रमा यसै आर्थिक वर्षमा खर्चिने गरी नयाँ योजनाका लागि करोडौं रुपैयाँ निकासा दिइरहेको छ ।
सरकारले सत्तारूढ तथा विपक्षी दलका प्रभावशाली नेताको दबाबमा आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहँदा कानुनविपरीत सडकका नयाँ योजनाका लागि मात्र ४० करोड रुपैयाँभन्दा बढी निकासा दिने निर्णय गरेको छ ।
नेताको दबाबमा सातायता भौतिक योजना तथा निर्माण मन्त्रालयले विभिन्न आयोजनामा बचत हुने रकमबाट ती योजना निर्माण गर्न स्वीकृति दिएको हो । अर्थ मन्त्रालयले योजना आयोगको सहमतिमा ती योजनाका लागि रकम निकासा दिन थालेको छ । कम समय बाँकी रहेका कारण ती योजनामा विनियोजित रकम सदुपयोग हुने सम्भावना कम रहेको एक अधिकारीले बताए । 'एक महिनाभन्दा कम समय छ, कागजमा मात्र योजना कार्यान्वयन हुन्छन्, फिल्डमा काम हुने सम्भावना कम छ,' ती अधिकारीले भने ।

No comments: