News

Jun 13, 2010

किर्गिज र उज्वेक जातीय समूहबीच भएको हिंसामा ५० को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिस्केक/ किर्गिस्तानको दोस्रो ठूलो सहर ओसमा किर्गिज र उज्वेक जातीय समूहबीच भएको हिंसामा शुक्रबारसम्म मर्नेको संख्या ५० पुगेको छ । हिंसामा अहिलेसम्म ६ सय ६० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस आफ्नो ज्यान जोगाउन उज्वेकिस्तानको सीमातिर भागिरहेका छन् । किर्गिस्तानको अन्तरिम सरकारका राष्ट्रपति रोजा ओटुबाऐभले जातीय हिंसा नियन्त्रण गर्न सहयोग गर्न रुससँग अपिल गरेकी छिन् ।
'यो स्थिति साम्य पार्न हामीलाई बाहिरी सशस्त्र बलको आवश्यकता छ,' ओटुबाऐभले टेलिभिजन सम्बोधनमा भनिन् । यसका लागि रुसका राष्ट्रपति दिमित्री मेतभेदभलाई सैनिक बल पठाइदिन अपिल गर्दै चिठी पठाइएको पनि उनले सम्बोधनमा जानकारी दिइन् । ओसको स्थिति नियन्त्रणभन्दा बाहिर गएको पनि उनले बताइन् । किर्गिस्तान सरकारले देशमा संकटकाल घोषणा गरेको छ । देशमा कपर्\mयु लगाइएको छ । हिंसा बिहीबारदेखि सुरु भएको थियो । ओस सहरको प्रमुख बजारमा आगो लागेको छ । कयौँ इलाकामा गोलीका आवाज सुनिएको छ । राजधानी बिस्केकमा हजारौँ प्रदर्शनकारी जम्मा भई ओस र जलालवाद गई भिडन्तमा भाग लिउ" भन्ने नारा लगाइरहेका छन् ।
'कयौँ स्थानमा पूरै सडकमा आगो लागेको छ । स्थिति नियन्त्रणबाहिर छ । हिंसा रोकिने कुनै संकेत अहिलेसम्म देखिएको छैन । कयौँ घरमा आगो लागेको छ,' गृह मन्त्रालयका प्रवक्ताका रखमाटिलो अखमेदोवले भने । हिंसामा अधिकांशजस्तो उज्वेक समुदायको सम्पत्तिमा आगो लगाइएको छ । किर्गिस्तानमा ७० प्रतिशत किर्गिज जनसंख्या रहेको छ । यसैगरी, उज्वेक जातिको जनसंख्या १५ प्रतिशत रहेको छ ।
स्थानीय रिपोर्टअनुसार हिंसा सुरुमा आपसी दुस्मनी समूहबाट सुरु भएको थियो । यो हिंसा जुन २७ मा हुने भनिएको जनमत-संग्रहअगाडि भएको छ । ओसमा १९९० मा भएको जातीय हिंसामा सयौँ मानिसको मृत्यु भएको थियो । ओसमा रुस र अमेरिका दुवैको सैन्य अखडा रहेकेा छ । किर्गिस्तान पूर्व सोभियत संघबाट १९९१ मा स्वतन्त्र भएको थियो । गत अपि्रलमा मात्र राष्ट्रपति कुरमानवेक बाकियाभको सरकारलाई सत्ताच्युत गरेर रोजा ओटुबाऐभ अन्तरिम सरकारकी राष्ट्रपति भएकी थिइन् ।

No comments: