लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १,भदौ दोस्रो साता तोकिएको कांग्रेसको बाह्रौँ महाधिवेशन फेरी सर्ने भएको छ। सोमबार कार्यवाहक सभापति सुशील कोइराला निवास, महाराजगन्जमा भएको पदाधिकारी बैठकमा वर्षायामले गाउँ, क्षेत्र र जिल्ला अधिवेशन असारमा गर्न नसकिने भन्दै महाधिवेशन केही समय सार्ने छलफल भएको थियो। असार ६ देखि १५ गतेभित्र गाउँ, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने गरी निर्वाचन समितिले महाधिवेशन कार्यतालिका तय गरिसकेकाले केन्द्रीय समिति वा निर्वाचन समिति कसले अधिवेशन मिति पर सार्ने निर्णय गर्ने भन्नेमा भने कुनै निष्कर्ष आएको छैन।
No comments:
Post a Comment