News

Jun 14, 2010

इंग्ल्यान्डले अमेरिकासँग १-१ को बराबरी खेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इंग्ल्यान्डलाई अमेरिकाले रोक्योरोबर्ट गि्रनले अक्षम भूल गरेपछि शनिबार राति समूह 'सी' को सम्पन्न खेलमा उपाधि दाबेदार इंग्ल्यान्डले अमेरिकासँग १-१ को बराबरी खेल खेल्यो । बराबरीपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् । खेलको चौथो मिनेटमा कप्तान स्टेभन जेरार्डले इंग्लिस टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ४०औँ मिनेटमा क्लिन्ट डेम्पेसीको गोलसँगै अमेरिका १-१ को बराबरीमा आयो । क्लिन्टको पहिलो बारलक्षित गर्दै प्रहार गरेको बल इंग्लिस गोलरक्षक रोबर्ट गि्रनले 'गि्रप' लिन प्रयास गर्दागर्दै गोलमा परिणत भएको थियो । वेस्टहामका गोलरक्षक गि्रनको सो गल्तीमा इंग्लिस टोली स्तब्ध भएको थियो । यता सन् १९५० पछि इंग्ल्यान्डविरुद्ध पहिलो जितका लागि प्रयासरत अमेरिकाले मध्यान्तरपछि स्तरीय खेल प्रस्तुत गर्‍यो । पि्रमियरसिपका स्टार खेलाडीले भरिपूर्ण इंग्ल्यान्ड पहिलो हाफमा लयमा देखिएको थिएन् । स्ट्राइकर वाइन रोनी, पmयांक लाम्पार्ड, जोन टेरी, सोउन राइटले असफल गोल प्रयास गरेका थिए । खेलको २९औँ मिनेटमा इमेली हेस्कीले राम्रो अवसर गुमाएका थिए । हेस्कीले ५२औँ मिनेटमा १८ यार्डबाट प्रहार गरेको बललाई अमेरिकी गोलरक्षक टिम होवार्डले उत्कृष्ट बचाउ गरे । यसैगरी लाम्पार्डले ६३औँ मिनेटमा क्रसबार माथि बल प्रहार गरेका थिए । अमेरिकी गोलरक्षक होवार्डले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

No comments: