News

Jun 15, 2010

राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने माओवादीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन दलबीच जेठ १४ गते भएको तीनबुँदे सहमति कार्यान्वयन नभएका कारण संविधानसभा र वर्षे अधिवेशन पनि प्रभावित हुन थालेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमतिका आधारमा यथाशीघ्र तीनबुँदे सहमति कार्यान्वयन गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी तीव्र दबाब दिनुभएको छ भने माओवादीले पहिले राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने चेतावनी दिएको छ। नेपाली कांग्रेस र एमालेले शान्ति प्रक्रिया र संविधान निर्माणका आधारभूत विषयमा न्यूनतम सहमति गर्ने तीनबुँदे सहमतिअन्तर्गतको पहिलो बुँदा र प्रधानमन्त्रीको राजीनामासम्बन्धी तेस्रो बुँदा एकैचोटि कार्यान्वयन गर्ने हो तर माओवादी सहमति गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् भने माओवादीले एमाले-कांग्रेसले तीनबुँदे सहमतिको अपव्याख्या गरेको आरोप लगाएको छ। प्रधानमन्त्री नेपालले दलहरुलाई यथाशीघ्र सहमति गर्न आग्रह गर्दै सहमति हुनासाथ आफूले राजीनामा दिने कुरा राख्दै आउनुभएको छ।

No comments: