लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मकवानपुर, जेठ ३१- पूर्वी नेपालमा सशस्त्र सङ्घर्ष गरिरहेको किरात जनवादी वर्कर्स पार्टीका काभ्रे जिल्ला इन्चार्जसहित तीन जनालाई प्रहरीले हतियारसहित मकवानपुरबाट पक्राउ गरेको छ। दुई थान पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सोमबार मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेका जनवादी वर्कर्सका कार्यकर्तामा पनौती नगरपालिका ११ घर भएका जिल्ला इन्चार्ज राज भनिने २३ वर्षीय त्रिविक्रम तिमल्सिना, दाप्चा गाविस ३ का २४ वर्षीय श्रीराम तामाङ र माझीफेरा गाविस ८ का १९ वर्षीय श्याम लामा छन्।प्रहरीले तिमल्सिनासँग अमेरिकामा निर्मित पेस्तोल र तामाङसँग एसएलआर राइफल ७ सय ६२ को १ राउण्ड गोली फिट गरिएको अवस्थामा नलकटुवा बन्दुक बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई हतियार तथा खरखजना ऐनअनतर्गत मुद्दा चलाइने मकवानपुरका प्रहरी उपरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए।
No comments:
Post a Comment