लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवलपरासी , अषाढ १ - गरिबीका कारण नवलपरासीमा मंगलबार बिहान एकै परिवारका दुईजनाले आत्महत्या गरेका छन् । सुक्रौली गाविस वडा नं. २ नदुवामा एक महिलाले काखको दूधेबच्चासहित आत्महत्या गरेकी हुन् । २२ बर्षकी कौशिला भरले एक वर्षीया छोरी अन्जलीलाई घर नजिकैको पोखरीमा फ्याँकी आफूले पनि पोखरीमै हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतकका श्रीमान्ले कुल्ली काम गर्दै आएका छन् । छिमेकीले भने पारिवारिक झैझगडाका कारण आत्महत्या भएको हुनसक्ने अनुमान गरेका छन् ।
No comments:
Post a Comment