News

Jun 14, 2010

पूर्वाञ्चलका १३ वटा जिल्लामा सशस्त्र प्रहरी युनिटहरु स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, पूर्वाञ्चल क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्दै सर्वसाधारण जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिन पूर्वाञ्चलका १३ वटा जिल्लामा सशस्त्र प्रहरीले विभिन्न युनिटहरु स्थापना गरी जनशक्ति थप गरेको छ। सशस्त्र प्रहरीको पूर्वाञ्चल मुख्यालय पकलीका अनुसार ताप्लेजुङ पाँचथर इलाम संखुवासभा भोजपुर तेह्रथुम धनकुटा खोटाङ र उदयपुर जिल्लामा एक/एक वटा गुल्म स्थापना गरिएको छ। गुल्महरुमा सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा प्रहरी जनशक्ति परिचालन गरिएको छ। नवस्थापित गुल्मका मातहतमा आवश्यकताअनुसार प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाबेसहरु समेत राखिने जनाइएको छ। यसअघि ती स्थानमा सम्बन्धित अञ्चलका गणबाट एक÷एक वटा सुरक्षा बेस मात्र राखिएका थिए।विशेष सुरक्षा व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तराईका जिल्लाहरु मोरङ सुनसरी सप्तरी र सिरहामा १७ वटा बोर्डर आउट पोष्ट बीओपी स्थापना गरिएका छन्। सशस्त्र प्रहरी निरीक्षको नेतृत्वमा स्थापना गरिएका बीओपीहरु सुनसरी र सिरहामा ५÷५ स्थान सप्तरीमा ४ र मोरङमा ३ स्थानमा राखिएका छन्। यसअघि सशस्त्र प्रहरीको पूर्वाञ्चल मुख्यालयअन्तर्गत प्रत्येक अञ्चलमा एक÷एक गण मुख्यालयमा एक रिजर्भ गण तथा तराईका ५ जिल्लामा एक÷एक वटा सीमा सुरक्षा कार्यालय रहेका थिए। यसरी विभिन्न युनिटहरु थपिएपछि पूर्वाञ्चलमा सशस्त्र प्रहरीको जनशक्ति साविक भन्दा ४० प्रतिशत बढेको बताइएको छ। युनिटहरु थपिएपछि आपराधिक घटना नियन्त्रमा निकै सफलता मिलेको सशस्त्र प्रहरीको भनाइ छ ।

No comments: