लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महोत्तरी/ पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय सहमति हुनेबित्तिकै सरकारले राजीनामा दिने बताएका छन् । महोत्तरीको माइस्थानस्थित पञ्चधुरा माई मन्दिरमा मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले वार्ता र सहमतिको आधारमा संविधान बनाउन र राष्ट्रिय सहमतिको सरकार बनाउने खाका प्रस्तुत गरेमा राजीनामा दिने बताएका हुन् ।
सरकार छाड्ने नाममा प्रधानमन्त्रीले मुलुकलाई दुर्घटनामा पार्न नमिल्ने बताउँदै उनले भने, 'प्रधानमन्त्री माधव नेपाल राजीनामा गोजीमा बोकेर हिँड्नुभएको छ, सहमति बन्नेबित्तिकै दिनुहुन्छ ।' मन्त्री भण्डारीले संविधान मधेस र मधेसीलाई चाहिएकाले सबै मधेसी एकजुट भएर दबाब दिन आग्रहसमेत गरे । मधेसमा देखिएको हत्याहिंसा त्यागी वार्ताको मध्यमबाट समस्या सुल्झाउन सशस्त्र समूहलाई आग्रह गर्दै उनले सशस्त्र समूहले हतियार नत्यागे कडा कारबाही गर्न सरकार दृढ रहेको चेतावनीसमेत दिए ।
पर्यटक भित्र्याउन धनुषा, महोत्तरी र सर्लाहीमा पूर्वाधार तयार पार्ने र पूर्व-पश्चिमसम्म तराई पर्यटनको आधार तयार पार्न मन्त्रालयले प्रर्याप्त बजेट व्यवस्था गरेको मन्त्री भण्डारीले जानकारी दिए ।

No comments:
Post a Comment