News

Jun 13, 2010

तालिवान विद्रोहीहरूलाई कालो सूचीबाट हटाइने पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल, जेठ २९,संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि स्टाफान डी मिस्तुराले अफगानिस्तानमा रहेका तालिवान विद्रोहीहरूलाई आतङ्ककारीको कालो सूचीबाट हटाइने पहल गर्ने घोषणा गर्नुभएको छ । उहाँले यो महिनाभित्रै राष्ट्रसङ्घको एक समितिले अफगानिस्तानको भ्रमण गर्ने जनाउ पनि दिनुभयो ।यो महिना सम्पन्न ऐतिहासिक दिर्गा शान्तिपछिको महìवपूर्ण समयमा राष्ट्रसङ्घीय कमिटीले अफगानिस्तानको भ्रमण गर्न लागेको उहाँले उल्लेख गर्नुभयो । जिर्गाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को कालो सूचीमा रहेका तालिवान नेताहरू मुल्लाह मोहम्मद ओमार र गुल्बुद्दिन हिक्मतियारसहित विद्रोहीहरूको नाम कालो सूचीबाट हटाउन पहल गर्न सरकारलाई आदेश दिएको थियो । यसैबीच अफगानिस्तानमा शनिबार भएको हिंसामा कम्तीमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
त्यस्तै पूर्वी अफगानिस्तानमा भएको शक्तिशाली विस्फोटमा नेटोका एक सैनिकको मृत्यु भएको छ । त्यस्तै विद्रोहीले गरेको आक्रमणमा निर्माणकार्यमा संलग्न चार अफगान मजदुरको मृत्यु भएको छ । उनीहरू आˆनो काम सकेर घर फर्किंदै गर्दा विद्रोहीको आक्रमणको सिकार भएका थिए । गस्तीमा रहेका प्रहरीले शव पाक्तिया प्रान्तमा बरामद गरेका थिए ।

No comments: