News

Jun 13, 2010

सहमतिको सरकार बन्ने सम्भावना क्षीण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सहमतिको सरकार बनाउने तीन प्रमुख दलबीच जेठ १४ गते सहमति भए पनि त्यो सम्भावना न्यून हुँदै गएको छ। शान्तिप्रक्रिया र संविधान निर्माणका आधारभूत विषयमा न्यूनतम सहमति हुनासाथ सरकारले राजीनामा दिने सहमति भएकाले वर्तमान सरकारले छिट्टै सत्ता हस्तान्तरण गर्ने सोचाइ बनँइसकेको छ। तर यो बहुमतको सरकारले राजीनामा दिए पनि राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना क्षीण बन्दै गएको नेताहरुले बतँएका छन्।यो सरकार हटे पनि पुनः बहुमतकै सरकार बन्ने स्थिति प्रबल बन्दै गएको भन्दै नेताहरुले पुनः बहुमतको सरकार बन्यो भने राष्ट्रिय सहमतिको एक वर्षदेखिको माओवादीको नारा काम नलाग्ने बताएका छन्। बहुमतको सरकार बन्नु भनेको फेरि पनि संविधान निर्माण कार्यमा सहज स्थिति नहुने निश्चित भएको नेताहरुको भनाइ छ।एकीकृत नेकपा माओवादी ले आफ्नो पार्टीका तफ्रबाट सरकारको नेतृत्व गर्न परेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अरुको सम्भावना नभएको कुरा बैठकैपिच्छे निर्णय गर्नु र अन्य दलले प्रचण्डको नेतृत्व स्वीकार्य हुन नसक्ने भनेपछि राजनीति पुनः अप्ठ्यारोमा परेको स्वयम् माओवादीका एक वरिष्ठ नेताले बताएका छन्।

No comments: