लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यामेरुनलाई एक गोलले पराजित गर्दै जापानले विदेशी भूमिमा विश्वकपको खेल जित्दै इतिहास रच्न सफल भएको छ। जापानले इतिहास रच्दा क्यामरुन भने विश्वकपको पहिलो खेलमा अझसम्म अपराजित रहेको कीर्तिमान भंग हुनपुग्यो। वार्म अप म्याचहरुमा चार वटामा हार र एउटामा मात्रै बराबरी गर्न सकेको जापानका लागि यो विजय सन्तुष्टीको विषय बन्न सक्छ। तर क्यामरुनका कतिपय प्रहारलाई जापानी गोलरक्षकले नबचाएको र कतिपय प्रहार पोस्टमा लागेर नफर्केको भए परिणाम अर्कै हुनसक्थ्यो।
आइतबार २४ औँ जन्मदिन मनाएका केइसुके होन्डाले क्यामरुनी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै ३९ औँ मिनेटमा गरेको गोल नै निर्णायक रह्यो। सीएसकेए मस्कोका फरवार्ड होन्डाले खेलपछि बताए-मैले गरेर मात्र हैन, पूरै टिमको प्रयासमा विजय हात परेको हो। जापानी प्रशिक्षक ताकेसी ओकादाले भने- हामीलाई थाहा थियो क्यामरुनीहरु शारीरिक रुपमा बलिया हुनेछन्, र त्यो देखियो पनि। तर हाम्रा खेलाडीहरुसित राम्रो खेल्ने दृढ इच्छाशक्ति थियो।

No comments:
Post a Comment