लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक दलहरुको ध्यान संविधान निर्माणभन्दा पनि अन्य कुरामा बढी केन्द्रित भएपछि संविधानसभा आफ्नो भूमिकाको खोजीमा रहेको छ। उता सभासद्हरु भने कामविहीनजस्तै हुन पुगेका छन्।संविधानसभाका अधिकांश सभासद्ले आफ्नो भूमिकाको खोजी गर्न थालेका छन्। संविधानसभाको म्याद थप भएको पनि दुई हप्ता बढी भइसक्यो तर दलहरु बैठकमा समेत बस्न सकेका छैनन्। दलहरुबीच भएको सहमति कार्यान्वयन नभएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ खुलेरै अब संविधान निर्माण कार्यलाई प्राथमिकता दिने कि नदिने भनी दलहरुसँग जबाफ माग्ने पक्षमा हुनुहुन्छ।प्रमुख तीन दलहरुबीच भएको तीनबुँदे सहमतिलाई ऐतिहासिक भन्दै त्यसको यथाशीघ्र कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिँदै आउनुभएका अध्यक्ष नेम्वाङले अब पनि संविधानसभाले काम नपाउने हो भने राम्रो हुँदैन त्यसैले दलहरुबीच स्पष्ट रुपमा भन्नुपर्छ भनी प्रमुख दलका प्रमुख नेताहरुसँग भेटघाट थालिसक्नुभएको छ।प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग धेरै चरणमा कुराकानी गरिसकेपछि अध्यक्ष नेम्वाङले संविधान निर्माणको कार्यलाई प्राथमिकता दिने कि नदिने भन्ने प्रश्न दलका प्रमुख नेताहरुसँग प्रस्ट रुपमा राख्ने योजना बनाउनुभएको छ। संविधानसभा सचिवालयस्रोतका अनुसार संविधानसभालाई दलहरुले कामविहीन बनाएपछि अध्यक्ष नेम्वाङ ‘अब दलहरुलाई कडाइका साथ नभनी नहुने भो’ भन्ने पक्षमा देखिनुभएको छ।
No comments:
Post a Comment