लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीको अवैध प्रवेशका कारण छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई टेवा पुगेको दावी गर्दै सत्तारुढ पार्टीले नेपालीलाई दार्जिलिङमा प्रवेश निषेध गर्न माग गरेको छ। दार्जिलिङमा छुट्टै राज्यको माग गर्दै जारी गोर्खाल्याण्ड आन्दोलनसंग जोडेर नेपालीलाई प्रवेश निषेध गर्न पश्चिम वंगालको सत्तारुढ मार्क्सवादी कम्युनिष्ट पार्टीले माग गरेको हो। मार्क्सवादीको माग सन् १९५० को नेपाल-भारतबिचको सन्धी विपरित छ। सन्धीको धारा ६ र ७ मा नेपाली र भारतीय दुवैले एक देशवाट अर्को देशमा आवतजावत गर्नका साथै काम गर्न पाउने उल्लेख छ । तत्कालीन प्रशासक सुवास घिसिङ गोर्खाल्याण्डको मुद्धामा मौन वसिरहेका वेला नेपालीहरुकै उक्साहटमा विमल गुरुङले सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चा गठन गरेको मार्क्सवादीको भनाई छ। मार्क्सवादीका नेता एवम् नगरविकास मन्त्री अशोक भट्टाचार्यले नेपालीको अवैध प्रवेशका कारण दार्जिलिङले सामाजिक र आर्थिक समस्या झेल्नु परेको बताएका छन् । 'दार्जिलिङ तथा वंगालमा भोग्नु परेको सामाजिक र आर्थिक समस्या नेपालीको अवैध प्रवेशकै कारण हो', भट्टाचार्यले बताएका छन्।
No comments:
Post a Comment