लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ , फाल्गुन १९ - जिल्लाकी एक महिला सञ्चारकर्मीले प्यारागाइडिङमा उडेर स्थानिय सञ्चार माध्यममा दुई घण्टासम्म प्रत्यक्ष प्रशारण गरेकी छन् । हिमालयन गाइड्स अन्तराष्ट्रिय पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवमा प्यारागाइडिङ गर्न आएका सानुवावु सुनुवारसँगै चढेर ताप्लेजुङ एफएमकी समाचार सम्पादक शान्ता आङ्वोहाङ्ले प्रत्यक्ष प्रशारण गरेकी हुन् । बुधवार ताप्लेजुङको आकाशमा प्यारागाइडिङ उडेपछि आफुपनि उड्ने र प्रत्यक्ष प्रशारण गर्ने रहर गरेकी उनलाई जोखिमपूर्ण हुने भन्दै सञ्चार माध्यम र परिवारले स्वीकृति दिन मानेका थिएनन् । तर आफ्नो इच्छा पुरा गराइदिन पटक/पटक अनुरोध गरेपछि रेडियो ताप्लेजुङका सञ्चालक समिति अध्यक्ष ईश्वरी पौडेलले प्यारागाइडिङका लागि अनुमति दिएका थिए । महोत्सवका मुख्य प्रायोजक समेत रहेका पौडेलनै प्यारागाइडिङको समुख ल्याएकोले उनको अनुमति अनुसार सानुवावुले उडाएका हुन् ।
No comments:
Post a Comment