News

Jul 8, 2011

प्रधानमन्त्री झलनाथ खनालको नियत परिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सुदर्सन रार्इ
कृष्णबहादुर महराले गृहमन्त्री भएदेखि नै घर पनि नबनाउने र कुनै पनि सम्पत्ति नजोड्ने घोषणा गर्दै गृह मन्त्रालय सम्बद्ध सबैलाई घुस नलिन पटक-पटक निर्देशन दिइरहेका छन् । गृहमन्त्री महराले पश्चिम क्षेत्रका क्षेत्रीय सुरक्षा भेलामा आफूले पनि सम्पत्तिका लागि घुस नलिने र प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई पनि घुस नलिन निर्देशन दिएकै दिन रसुवा प्रहरीका अधिकृतहरुले भारतीय जाली नोट कारोबारमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा रहेका चीत्रमान डंगोलसँग मोटो रकम मागेका छन् । रसुवा प्रहरीले २०६८ असार २० गते चिलिमेस्थित थम्बुचेत बजारबाट पक्राउ गरेका भारतीय जाली नोट ओसार-पसार र कारोबार गर्ने आपराधिक संजालका सदस्य डंगोललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा राखेपछि प्रहरीहरुले यसरी रकम मागेको डंगोललाई उद्धृत गर्दै उनको परिवारका सदस्यहरुले बताएका छन् । त्यही कारण उनलाई प्रहरीले पक्राउ गरेको ८५ घण्टासम्म रकमको बार्गेनिङ्ग गर्ने बाहेक कुनै कानुनी कारवाहीलाई अगाडि बढाउने काम गरिएन । नेपालको कानुनअनुसार कुनै पनि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको २४ घण्टाभित्र कानुनी कारवाही अगाडि बढाउनुपर्ने प्रावधान छ । २० वर्षसम्म कुनै पनि सम्पत्ति नजोड्ने घर पनि नबनाउने र रोल्पाको गाउँमा रहेको घर पनि पुर्खाले बनाएको हो मैले अहिलेसम्म केही सम्पत्ति जोडेको छैन । मेरा चार जना छोरा-छोरी छन् । उनीहरुलाई मैले ८ कक्षाभन्दा माथि पढाइन । अहिले उनीहरु आफ्नै तरिकाले काम गरिरहेका छन् भनेर पश्चिमांचाल क्षेत्रका क्षेत्रीय सुरक्षा भेलामा भावुक हुँदै मन्तव्य दिइरहेकै समयमा भारतीय जाली नोट ओसार-पसार र कारोबार गर्ने डंगोलका परिवारसँग उनलाई मुद्दा नचलाउने आश्वासन दिँदै जिल्ला प्रहरी कार्यालय रसुवाका अधिकृतहरुले मोटो रकम मागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका एक प्रहरी अधिकृतका अनुसार डंगोललाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनको कोठामा भारतीय नक्कली नोट र नक्कली नेपाली नोट फेला परेको थियो । नेपाली नक्कली नोटमा पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको हस्ताक्षर रहेको प्रहरीहरुले बताएका छन् । प्रहरीहरुले यी नक्कली नेपाली नोट कहाँ छापेको र कहाँबाट ल्याएको भनेर भन्दा डंगोलले काठमाडौंबाट भनेर जवाफ दिएका थिए । स्मरण रहोस् ६ महिनाअघि नेपाल प्रहरीले ललितपुरको थैबस्थित कृष्णकुमार श्रेष्ठको घरबाट नक्कली नोट बनाउने मेशिनसहित नक्कली भारतीय र नेपाली नोटहरु बरामद गरेका थिए । स्रोतका अनुसार डंगोलले भारतीय र नेपाली नक्कली नोटको कारोबारबाट ३ वर्षयता मात्रै ४५ देखि ५० लाख रुपैयाँको सम्पत्ति जोडेका छन् । स्थानीय बासिन्दाका अनुसार उनी ३ महिनाअघिसम्म बेरोजगारजस्तै देखिन्छ । डंगोलले २०६७ मंसिरदेखि २०६७ चैत्र मसान्तसम्म १६ तोला सुन किनेका छन् । गत चैत्र महिनामा उनले श्रीमती लिडिया थोक्रालाई सुन किन्न भनी ४० हजार रुपैयाँ दिएका थिए । त्यस क्रममा उनले उनका पूर्व प्रेमीलाई पनि भक्तपुरमा बोलाई एउटा गहना पसलबाट एक तोलाको सुनको सिक्री किनेका थिए । उनले चिलिमे हाइड्रोपावरमा श्रीमती लिडियासहित २६ जना रसुवा वासीको सेयर खरिद गरिदिएका छन् । डंगोलले काठमाडौं गोलढुंगा आसपासमा जेठानी दिदीले खरीद गर्दा लागेको सात लाख रुपैयाँ ऋण पनि गत फागुन महिनामा तिरिदिएका छन् । डंगोल र श्रीमती थोक्राको नाममा विभिन्न बैंक र बिमा कम्पनीहरुमा करिब ४५ लाखको सम्पत्ति रहेको छ । स्थानीय बासिन्दाको अनुसार डंगोल ३० देखि ३५ लाख रुपैयाँसम्मको खेत किन्ने तयारी गरिरहेका थिए । उब्जाउ हुने खेत किन्ने योजनाका साथ उनले उनका नजिकका नातेदारहरुसँग जमिनको खोजी गरिरहेका थिए । यसबाट प्रश्न उठ्छ कि विगतमा आर्थिक अवस्था अत्यन्तै दयनीय भएका डंगोलले कुनै पेशा व्यवसाय नगरी यत्रो सम्पत्ति कहाँबाट प्राप्त गरे । भ्रष्टाचार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालय निर्मम ढंगले लाग्ने र भ्रष्टाचारमा लाग्नेलाई कुनै छुट दिने छैन भनी सार्वजनिक रुपमा नै गृहमन्त्रीले घोषणा गरिरहेको समयमा रसुवा प्रहरीले गृहमन्त्री महराको घोषणाको च्यालेन्ज दिँदै जाली नोटको ओसार-पसार र कारवाही गर्ने गिरोहका सदस्य डंगोलसँग मोटो रकम दिएमा सबै आधार र प्रमाणहरु नष्ट गरिदिने भनी रसुवा प्रहरीका केही अधिकृतहरुले बार्गेनिङ्ग गरिरहेका छन् । स्रोतका अनुसार रसुवा प्रहरी प्रमुख अच्युत पुडासैनीका निर्देशनमा प्रहरी अधिकृतहरुले डंगोलसँग मोटो रकमका बार्गेनिङ्ग गरिरहेका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि अहिले आफू लागी परेको र भ्रष्टाचारमा रुमलिएका ग्रह-प्रशासनलाई परिवर्तन गरेर छोड्ने नसके पद छोड्ने सके तस्करी तोडौँला नसके छोडौँला भनी घोषणा गर्ने गृहमन्त्री महराको भनाइ र निर्देशनलाई रसुवा प्रहरीको यो गतिविधी च्यालेन्ज नै भएको छ ।
नेपाल सरकारले भारतीय जाली नोटको कारोबारलाई नियन्त्रण गर्न नसकेकै कारण भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ् इण्डियाका गर्भनर डी. सुब्बा राओले नेपालमा ५ सय र १ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा लगाएको प्रतिबन्ध तत्काल फुकुवा नहुने बताएका छन् । नेपालमा १० वर्षेदेखि त्यो
नोट प्रतिबन्ध छ । नेपालले अनौपचारिक रुपबाट ५ सय र हजार दरका नोटमा भारतले लगाएको प्रतिबन्ध फुकाउन पहल गर्दै आएको छ । यो वर्ष मात्र नेपाल प्रहरीले १ करोड ७४ लाख भा.रु. बरामद गरेको छ । भारतीय बजारको ६ प्रतिशत हिस्सा नक्कली भा.रु. नोटले ओगटेको छ । यसैबीच नेपालस्थित साउथ ब्लकका प्रतिनिधिहरुले युनुश अन्सारीको सहयोगी चित्रमान डंगोललाई रसुवाबाट काठमडौं ल्याउने र काठमाडौंबाट भारत लैजाने योजनासहित आन्तरिक रुपमा प्रधानमन्त्री झलनाथ खनाललाई दवाब दिने तयारी गरिरहेका छन् । स्रोतका अनुसार साउथ ब्लकले गहिरो अनुसन्धान गर्ने योजनाअनुसार डंगोललाई भारत लैजाने योजना बनाएको हो । साउथ ब्लकको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गर्ने हुन् कि होइनन् ! प्रधानमन्त्री खनालका सामु धर्मसंकट आउने देखिएको छ । तर नेपाल भारतबीचको सुपुर्दगी सन्धिमा सम्बन्धीत देशका नागरिक भए मात्र सुपुर्दगी गर्ने भन्ने उल्लेख छ । तर भारत सरकारको मोष्ट-वान्टेड सूचीमा रहेका अभियुक्त डंगोललाई खनाल सरकारले सुपुर्दगी गर्ने हुन् कि होइनन् अधिक चासोको विषय बन्न पुगेको छ । साउथ ब्लकका उच्च अधिकारीहरुले रसुवाका प्रमुख जिल्ला अधिकारी कोमलकान्त अधिकारीलाई टेलिफोन गरी डंगोललाई कडा कारवाही गर्नका लागि सांकेतिक रुपमा दवाब दिइएको बुझिन आएको छ । प्रधानमन्त्री खनालले
अहिलेसम्म पनि भारत भ्रमणको निम्तो पाएका छैनन् । याद राख्नुपर्ने कुरा के छ भने भारतीय विदेशमन्त्री एस.एम्. कृष्णाले नेपाल भ्रमणताका नेपालको सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेको र यसैकारण भारतको सुरक्षामा समेत गम्भीर असर पर्ने विश्लेषण गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल र नेपाल-भारत सीमाका मुख्य नाकाहरुमा भारतीय सुरक्षा फौज राख्नका लागि दवाबमूलक सहमति चाहेका थिए । सोही कुरामा असहमति जनाएका कारण अहिलेसम्म प्रधानमन्त्री खनालको भारत भ्रमण हुन नसकेको नेपालका परराष्ट्र विदहरुले विष्लेषण गरिरहेका छन् । भारतीय अधिकारीहरुले सार्वजनिक रुपमा नै पी.आई.ए.ले पाकिस्तानबाट नेपाल आउँदा पूर्णरुपले चार्टर भएर आउने,फर्कंदा चौध-पन्ध्र जना मात्र लिएर फर्कने हुँदा भारतीय जाली नोट ओसार-पसारमा पी.आई.ए. नै संलग्न हुने गरेको अभिव्यक्ति व्यक्त गर्ने गरेका छन् । विगत १० वर्षदेखि नेपाली नागरिकहरुले पनि नेपालको आन्तरिक सुरक्षा व्यवस्था अति नै कमजोर रहेको महसुस गरिरहेका छन् र सर्वेक्षणअनुसार १ करोड नेपाली नागरिकहरु जुनसुकै समयमा पनि नेपाल छोड्न तयार रहेको देखिन्छ । यसबाट पनि स्पष्ट हन्छ कि नेपालको सुरक्षा व्यवस्थाको स्थिति कस्तो छ? नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्टिय
बिमानस्थलमा भएको सुरक्षा संयन्त्र र चेक-जाँच गर्ने उपकरण नभएका कारण नक्कली नोटको कारोबार गर्ने गिरोहले नेपाली भूमि प्रयोग गर्ने गरेका छन् । विगतमा तराई क्षेत्र र नेपालका प्रमुख शहरहरुमा मात्र व्याप्त जाली नोटका कारोबार गर्ने गिरोहका संजालले यतिखेर पहाडी क्षेत्रमा पनि
व्यापकता पाउन थालेको छ ।

नोट :- यो सामग्री हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो ।

No comments: