News

Jul 19, 2011

पश्चिम बंगालस्थित गोर्खाली समुदायलाई क्षेत्रीय स्वायत्तता प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारत सरकारले पश्चिम बंगालस्थित गोर्खाली समुदायलाई विस्तृत अधिकारयुक्त क्षेत्रीय स्वायत्तता प्रदान गरेको छ । पश्चिम बंगालको सिलिगुडीमा सोमबार भएको हस्ताक्षर समारोहमा गृहमन्त्री पी चिदाम्बरम, पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी र गोर्खा जनमुक्ति मोर्चा पार्टीका विमल गुरुङ सहभागी हुनुहुन्थ्यो । पार्टीले चिया उत्पादनका लागि लोकप्रिय दार्जिलिङ क्षेत्रमा रहेका नेपाली भाषीहरुका लागि भिन्न राज्य बनाइयोस् भन्दै माग गर्दै आएको थियो।

No comments: