News

Jul 14, 2011

भारतको व्यापारिक मुम्बईमा भीषण विस्फोटहरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई,अषाढ ३० - भारतको व्यापारिक सहर मुम्बईमा बुधबार साँझ लगभग एकै समयमा तीन ठूला विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएका छन् । मुम्बईको दादर, ओपेरा हाउस र जाभेरी बजार क्षेत्रमा साँझ ७ बजेपछि विस्फोट भएका हुन् । महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चव्हाणले 'योजनाबद्ध आतंकवादी आक्रमण' भएको बताएका छन् । भारतीय गृह मन्त्रालयले पनि यसलाई आतंकवादी आक्रमण भनेको छ । कामदारहरू घर र्फकंदै गरेका बेला मुम्बईको मध्य र दक्षिणी क्षेत्रका व्यस्त ठाउँमा घरेलु बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । दक्षिणी मुम्बईको ओपेरा हाउस पर्यटन गन्तव्य हो । यो सन् २००८ मा १ सय ६६ जनाको ज्यान जाने गरी आक्रमण भएको ठाउँनजिकै पर्छ । दक्षिण क्षेत्रमा 'डाइमन्ड हब' भनिने जाभेरी बजारको गहना पसलमा अर्को विस्फोट भएको थियो । यहाँ बस स्टेसननजिक विस्फोट भएको प्रत्यक्षदर्शीले बताए । चहलपहल हुने बेला व्यस्त स्थानमा विस्फोट गराएकाले धेरैको हताहती गराउने उद्देश्य राखेको देखिन्छ । मुम्बई आक्रमणमा संलग्न एक मात्र जीवित मोहम्मद अज्मल अमिर कसाबको जन्म दिन पारेर विस्फोट गराइएको केही सञ्चारमाध्यमले जनाएका छन् ।

No comments: