News

Jul 15, 2011

आफूहरुलाई बाईपास गरेको भन्दै साना १७ दल पनि असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा रहेका साना १७ दलले प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बीचमा मात्र सहमति खोजेर आफूहरुलाई बाइपास गरेको आरोप लगाएका छन् । साना १७ दलले आफूलाई बाइपास गरेको भन्दै मोर्चाबन्दी सुरु गरेका हुन् । उनीहरुले ४ बुँदे माग अघि सार्दै आफ्ना माग पूरा नभए बजेट प्रस्तुत गर्न नदिने चेतावनी दिएका छन् । उनीहरुले राष्ट्रिय सहमतिका नाममा प्रमुख तीन दल र मधेसी मोर्चासँग मात्र सहमति खोजिएको आरोप लगाएका छन् । राष्ट्रिय जनशक्ति सहितका साना १७ दलले राष्ट्रिय सहमति संविधानसभाका सबै दलका बीचमा हुनुपर्ने माग अघि सारेका छन् ।

No comments: