News

Jul 14, 2011

मधेसी मोर्चाद्वारा बजेट प्रस्तुत गर्न नदिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३० संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले प्रस्तुत गरेका मागलाई सरकारले बजेटमा सम्बोधन गरेको लिखित प्रतिबद्धता नआए व्यवस्थापिका–संसद्मा बिहीबार बजेट प्रस्तुत हुन नदिने निर्णय गरेको छ । राससका अनुसार मोर्चाको बिहीबार बसेको बैठकले मधेस आन्दोलनका सहिद राष्ट्रिय प्रतिष्ठानका लागि रकम विनियोजन गर्नुपर्ने, तराईको हुलाकी राजमार्गका लागि आवश्यक बजेट विनियोजन हुनुपर्ने, कृषि मलखाद, ट्र्याक्टर खरिदमा अनुदान दिइनुपर्नेलगायतका मागलाई बजेट प्रस्तुत गर्नुअघि सरकारले लिखित प्रतिबद्धतासहित सम्बोधन गर्नुपर्ने निर्णय गरेको छ । सरकारको अहिलेको रवैया हेर्दा मोर्चाले उठाएका मागहरू सम्बोधन हुनेमा विश्वस्त हुने आधार प्राप्त भइनसकेको र बजेटमा माओवादीका एजेन्डा मात्र समेटिने स्पष्ट देखिएको मोर्चाले निष्कर्ष निकालेको मोर्चासम्बद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका नेता जीतेन्द्र सोनालले बैठकपछि पत्रकारहरुलाई बताए ।

No comments: