News

Jul 12, 2011

पूर्वाञ्चल क्षेत्रका विभिन्न भागमा बम फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न भागमा बम फेलापछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । खम्बुवान स्वायत्त गणराज्य स्थापनाको माग गर्दै सशस्त्र आन्दोलन गरिरहेको खुम्बुवान मुक्ती मोर्चा संयुक्तले विभिन्न सरकारी कार्यालयमा बम राखेको जिम्मेवारी लिएको छ । धरानस्थित आन्तरिक राजश्व कार्यालय, इटहरीको राजश्व कार्यालय, उदयपुरको जिल्ला विकास समिति र उदयपुरकै एक क्रसर उद्योगमा शक्तिशाली प्रेसर कुकर बम फेला परेको थियो । यता, उदयपुरको तपेश्वरी-ढ मा रहेको एग्रिरकेट प्रालिको क्रसर उद्योगमा फेला परेको ५ लिटरको प्रेसर कुकर बम सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय गरेको छ । आतंक फैलाउन तथा चन्दा असुली गर्ने नियतले क्रसर उद्योगमा बम राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि सोमबार राति सुनसरीको इनरुवास्थित पूर्वाञ्चल ग्रामीण विकास बैंकमा पनि बम फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निस्क्रिय बनाएको थियो । घटनाको जिम्मेवारी मधेसी मुक्ति टाइगर्स नामक समूहले लिएको छ ।

No comments: