News

Jul 8, 2011

नीति तथा कार्यक्रम बहुमतले पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका-संसदको बिहीबार राती सम्पन्न बैठकले सरकारको आर्थिक वर्ष २०६८/०६९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति डा. रामवरण यादवबाट यही असार १९ गते प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम संसदको बैठकमा प्रस्तुत गरिएको थियो । पारित हुनुअघि सरकारको नीति तथा कार्यक्रममाथि संसदमा प्रमुख प्रतिपक्षी लगायत १६ दलका सभासद्ले ९३ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गरेकामा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । कांग्रेसले जनयुद्ध लगायतका शव्द हटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको थियो । नीति तथा कार्यक्रममाथिको छलफल बिहीबार दिउँसो सकिएको थियो । प्रधानमन्त्री खनालले सभासद्ले उठाएका प्रश्नको स्पष्टीकरण दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता रामचन्द्र पौडेललाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गर्नुभएको थियो । तर, पौडेलले फिर्ता नलिएपछि बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको थियो । बहुमतले सबै किसिमका संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।

No comments: