News

Jul 19, 2011

१ सय ७० कर्मचारी प्रहरी नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३ - सरकारले विभेद्कारी ढंगले तलब वृद्धि गरेको भन्दै तीन दिनदेखि सिंहदरवार भित्र धर्ना तथा प्रदर्शन गर्दै आएको निजामती कर्मचारीमाथि मंगलबार प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अर्थमन्त्राय परिसरबाट १ सय ७० जना कर्मचारीलाई पक्राउ गरेको छ । गतवर्षदेखि प्रदान गर्दै आएको मँगही भत्तालाई तलबमा गाभेको,तलबृद्धि सामान ढंगले नगरेको,तल्लो श्रेणीका कर्मचारीसंग अन्याय गरेको भन्दै कर्मचारी संगठनहरु सिंहदरवारभित्र प्रदर्शन तथा धर्ना दिंदै अएका छन् । राष्ट्रिय कर्मचारी संगठन,राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनले बिरोध कार्यक्रम गर्दै आएको छ । प्रहरी परिसर काठमाडौंका एसपी केदार रिजालले निषेधित क्षेत्र भित्र प्रदर्शन तथा धर्ना गरिएकोले कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको बताए । उनले १ सय ७० जना कर्मचारी प्रहरी नियन्त्रणमा रहेको जनाए । पक्राउ परेका कर्मचारीहरुलाई नेपाल पुलिस क्लव र सिंहदरवार प्रभागमा राखिएको छ ।

No comments: