News

Jul 9, 2011

अभियोग लगाउँदै तीन सभासदसँग स्पष्टीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २५ - मधेसी जनअधिकार फोरम, (लोकतान्त्रिक)ले पार्टी हित विपरीतका गतिविधिमा संलग्न रहेको अभियोग लगाउँदै तीन सभासदसँग स्पष्टीकरण मागेको छ । फोरमको शुक्रवार वसेको केन्द्रीय समितिको बैठकले सभासदहरु सन्जयकुमार साह, करिमा बेगम र रमानन्द मण्डलसँग अनुशासनसम्बन्धी कारवाही किन न गर्ने भनी स्पष्टीकरण माग गरेको छ । साहलाइ भने ६-७ महिनादेखि पार्टी हित विपरित गतिविधिमा लागेको जनाउँदै फोरमले उनलाई पार्टीको साधारण सदस्य र संविधानसभाको सदस्य पदसमेतबाट हटाउने गरी हदैसम्मको कारवाही गर्न अनुशासन समितिले सिफारिस गरेको उल्लेख गर्दै तीनदिनभित्र बुझाउन भनेको छ ।

No comments: