News

Jul 8, 2011

सन्देशका सम्पादक गडतौला प्रहरी नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, अषाढ २४ - ज्वाइँसँग छोरीको छोडपत्र गराएको आरोपमा एक महिलाले उजुरी दिएपछि मोरङ प्रहरीले स्थानीय दैनिक सन्देशका सम्पादक पुष्पराज गडतौलालाई सोधपुछका लागि शुक्रवार नियन्त्रणमा लिएको छ । पत्रकार खिलानाथ ढकाल आक्रमण प्रकरणमा मुख्य योजनाकारको अरोप लागेका पर्शुराम बस्नेतका विज्ञप्ति र सम्बद्ध समाचार छाप्दै गडतौलाले चालु महिनादेखि नै आफ्नो पत्रिकाको प्रकाशन नियमित बनाएका थिए । मोरङका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार सुनसरीको दुहवी ९ की शकुन्तला शर्मा खत्वेको जाहेरी परेपछि गडतौलालाई सोधपुछका लागि ल्याइएको हो । उनले भने 'सुनसरी प्रशासनमा जाहेरी परेको रहेछ । त्यसैको सोधपुछमा ल्याएका हौ । पत्रकार भएका नाताले केरकार गरिएको केस होइन ।'शकुन्तलाकी छोरी आशाको एक भारतीय युवकसँग विवाह भएको थियो । दुवैबीच सम्बन्धविच्छेद भएपछि त्यसको कारण गडतौला भएको दावी गर्दै 'कि ज्वाइँ बोलाइदिनुपर्ने अन्यथा छोरीलाई क्षतिपूर्ति दिलाइदिनुपर्ने' भन्दै उनले सुनसरी प्रशासनमा निवदन दिएकी थिइन । मोरङ प्रहरीमा सोधपुछपछि मात्रै गडतौलाका विषयमा टुंगो लाग्ने डीएस्पी दीपक थापाले बताए । उनका अनुसार विराटनगरमा समाधान नभए उनलाई सुनसरी पठाइनेछ ।

No comments: