News

Jul 21, 2011

सुडान घोटालाका आरोपी खड्कासंग ५० लाख धरौटी माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ५ - सुडान घोटालाका आरोपी निलम्बित एआईजी मदनबहादुर खड्कासंग विशेष अदालतले ५० लाख रुपैया धरौटी मागेको छ । उक्त रकम बुझाउन नसके उनलाई न्यायिक हिरासतमा राखिने छ । बिहीबार दिउँसो बबरमहलस्थित विशेष अदालतमा खड्का बयान दिन आएका थिए । सुडान घोटालामा खड्कासहित तीन पूर्व प्रहरी महानिरीक्षकसमेत गरी ३६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । विशेष अदालतमा बयानका लागि उपस्थित हुने उनी छैटौं प्रहरी अधिकारी हुन् । यसअघि पूर्व प्रहरी महानिरीक्षकहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्व एआईजी दीपेन्द्रबहादुर विष्ट, निलम्बित एसएसपी श्यामबहादुर खड्का र डएसपी दिनेश केसीले अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । गुरुङले ५, ठकुरीले ७, विष्टले एक करोड, खड्काले ७० लाख र केसीले ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

No comments: