News

Jul 9, 2011

त्रिभुवन विश्वविद्यालय ५२ औँ वर्षमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देशको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ५२ औँ वर्षमा प्रवेश गरेको छ । विश्वविद्यँलयको वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा सह-कुलपति तथा शिक्षामन्त्री गंगालाल तुलाधरले विश्वविद्यालयको शिक्षामा सुधार गर्न सरकारले कार्यतालिकासहित कार्यविधि तयार पारि सकेको जानकारी दिनुभयो । उहाँले रिक्त उपकुलपति छिट्टै नियुक्त गर्ने पनि जनाउनुभयो । कार्यक्रममा कुलपति तथा प्रधानमन्त्री झलनाथ खनाल कार्यव्यस्तताको कारण देखाउदै सहभागी हुनु भएन । राजनीतिक भागबण्डाको अखडा तथा विभिन्न राजनीति संगठनको आन्दोलनका कारण विश्वविद्यँलयको गुणस्तर दिनप्रतिदिन खस्किदै गएको छ ।

No comments: