News

Jul 14, 2011

नेपाली सेनाका उपरथी नेपालभूषण चन्दलाई रथीमा बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले नेपाली सेनाका उपरथी नेपालभूषण चन्दलाई रथीमा बढुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले चन्दलाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि गत हप्तामात्र मन्त्रिपरिषदले गौरवशमशेर राणालाई रथीमा बढुवा गरेको थियो । प्रधान सेनापति छत्रमान सिंह गुरुङले रिक्त रहेका दुई रथी पदमा बढुवाका लागि राणा र चन्दलाई एकसाथ सिफारिश गरेपनि सरकारले अलग अलग बैठकबाट बढुवा गरेको हो ।

No comments: