News

Jul 19, 2011

कियाचु हङकङले नाङलो ठटाएर सिसेक्पा तङनाम सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तान्छोहाङ लाओती हङकङ, १७ जुलाई को दिन जोर्डनको यमाताई कम्यूनिटीहलमा किरात याक्थुङ चुम्लुङ हङकङले सिसेक्पा तङनाम ( साउले संक्रान्ती ) धुमधामका साथ सम्पन गरेको छ । यो तङनाम हङकङ चुम्लुङले गतसाल देखि मनाउदै आएको छ । अध्यक्ष कृष्णराज लाओती को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथीहरुमा लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल बहादुर पालुङवा,मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका उपाध्यक्ष बिष्णु इङनाम,चुम्लुङका सल्लाहकारहरु टंक चङबाङ, हेम लिम्बु,भुपेन्द्र चेम्जोङ,ईन्द्र वनेम र निर प्रसाद लिम्बु लाई आशन गराइएको थियो । भुपेन्द्र चेम्जोङले आफ्नो शुभकामना मन्तवयमा गाउँघरमा लाग्ने राँकेमेलाको सम्झना आएको बताउनु भएको थियो । हेम लिम्बुले यो हाम्रो तङनाम लाई अझ ब्यापकरुपमा आउदा दिन मनाउनु पर्छ भन्नु भएको थियो । टंक चङबाङले आजको दिनमा रोगब्याद अनिकाललाई भगाएर सहकाल बोलाएर मनाइने यो हामी भुमिपूत्रहरुको चाँडलाई अझ ब्यापक रुपमा मनाउनु पर्छ भनुभयो । ईन्द्र वनेमले यो चाँड लिम्बुवान क्षेत्रमा ब्यापक माइने र नेपालका अन्य जातिले त्यति नमनाउने भएको ले यो हाम्रो चाड हो भन्नु भयो । शुभकामना कै क्रममा दिल पालुङले संविधानमा लिम्बुवान लेखिए पछि आउदो बर्ष यसलाई अझ ब्यापकरुपमा मनाउनु पर्छ भन्नु भयो । चुम्लुङको कलाकारहरुद्वारा केलाङ प्रस्तुत गरीएको थियो । स्वागत मन्तवय उपाध्यक्ष हस्त लिबाङ ले गर्नु भएको थियो साथै बिधिवत रुपमा नाङलो ठटाएर अनिकाल पनि भगाउने बिधि पनि उहाँले नै सम्पन्न गर्नु भएको थियो । कार्यक्रम सचिव नन्द चङसुले सञ्चालन गर्नु भएको थियो ।

No comments: