News

Jul 16, 2011

सरकारले बजेट मार्फत ४१ नयाँ नगरपालिका घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले बजेट मार्फत ४१ नयाँ नगरपालिका घोषणा गरेको छ । नयाँ नगरपालिकामा हिमाली भेगको जुम्लादेखी ताप्लेजुङ समेत परेका छन् । २०५८ सालमा प्राध्यापक सुर्यलाल अमात्यको संयोजकत्वमा गठित कार्यदलले गरेको सिफारिस अनुसार १० वर्षपछि सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो । २०६१ सालदेखि नयाँ नगरपालिका घोषणा गर्न प्रयास गरेको र बल्ल कार्यान्वयनको चरणमा पुगेको मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले बताउनुभयो । अर्थमन्त्री भरतमोहन अधिकारीले संसदमा पेश गरेको आइतबारदेखि शुरु हुने आर्थिक वर्ष २०६८/२०६९ को बजेटमा प्राविधिक समितिले सिफारिस गरेको सिफारिस अनुसार ४१ नयाँ नगरपालिका घोषणा गरिएको छ । साउन १ देखि नै यि नगरपालिकाले काम शुरु शुरु गर्ने थपलियाले बताउनुभयो । ४१ नगरपालिकाको घोषणा भएपछि १ सय ६१ गाविस घटेका छन् । ३ हजार ९ सय १५ गाविस मध्ये १ सय ६१ लाई मिलाएर नगरपालिका घोषणा गरिएको हो । काठमाडौंमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको छ । त्यस्तै ललितपुर भैसेपाटी क्षेत्रका केहि गाविस मिलाएर कार्यविनायक नगरपालिका घोषणा गरिएको छ ।

No comments: