News

Jul 19, 2011

उच्च रक्तचाप रोक्न २ घन्टा व्यायाम गनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २ - सहरमा बढ्दो विलासी जीवनशैली र उपयुक्त शारीरिक व्यायामको अभावले उच्च रक्तचापका बिरामी बढेको चिकित्सकले बताएका छन् । सबै बिरामीले आफूलाई समस्या निम्त्याएको थाहा नपाउने गरेको उनीहरूको भनाइ छ । हेर्दा सामान्य लाग्ने यो गम्भीर स्वास्थ्य समस्याबारे जानकारी दिन शनिबार राजधानीमा चेतनामूलक प्रवचन आयोजना गरिएको थियो । जसमा सहभागी विशेषज्ञहरूले बच्ने उपाय सुझाएका थिए ।जयन्ती मेमोरियल ट्रस्ट, हार्ट क्लब नेपाल र नर्भिक इन्टरनेसनल हस्पिटलको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा जयन्ती मेमोरियल ट्रस्टकी सचिव सिर्जना राणाले मुटु रोगीको उपचार, विदेशी मुटु रोग विशेषज्ञसँग नेपाली चिकित्सकलगायतको अन्तरक्रिया, निःशुल्क मुटु शिविर सञ्चालन र जनचेतना अभिवृद्घ गर्न ट्रस्टले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन् । हरेक वयस्कले सातामा न्यूनतम साढे दुई घन्टा शारीरिक व्यायाम गनुपर्ने सल्लाह डा. रावतले दिए । साथै घर-आँगनको बगैंचामा काम गर्ने, घरायसी काम गर्ने, मांसपेशीहरू तन्काउने विविध काम गर्ने गर्दासमेत फाइदा पुग्ने उनले बताए ।

No comments: