News

Jul 8, 2011

आज देशभरका शिक्षण संस्था बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी निकटको शिक्षक संगठन शैक्षिक गणतान्त्रिक मञ्चले आज देशभरका शिक्षण संस्था बन्द आहृवान गरेको छ । मंचका अध्यक्ष गुणराज लोहनीले द्धन्दकालमा विभिन्न कारणले जागिरबाट बिस्थापित गरीएका १६ हजार शिक्षकलाई पुनर्वाहाली गर्नुपर्ने बताए । यसअघि सरकार सँग भएका सहमति कार्यान्वयन नभएको भन्दै आज देशभरका शिक्षण संस्था बन्द आहृवान गरेको हो । मञ्चले अस्थायी शिक्षकलाई प्रकृया पुर्‍याएर स्थायी गरिनु पर्ने र नीजि शैक्षिक संस्थामा पढाउने शिक्षकको तलब वृद्धी गर्नुका साथै सरकारी शिक्षक सरह सेवा सुविधा उपलव्ध गराइनुपर्ने लगायतका माग गर्दै आएको छ ।

No comments: