News

Jul 12, 2011

नेपालको जनसंख्या '३१ वर्षमा जनसंख्या दोब्बर' हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २८ - नेपालको जनसंख्या आगामी एकतीस वर्षमा दोब्बर हुने अनुमान गरिएको छ । २०५८ को जनगणनाले जनसंख्या वाषिर्क दुई दशमलव २५ प्रतिशतले वृद्धि भइरहेको देखाएकाले यही दर कायम रहे एकतीस वर्षमा दोब्बर हुने अनुमान गरिएको हो । जनसंख्याका चुनौतीलाई सम्बोधन गर्ने, जनसंख्याका मुद्दालाई विकासका हरेक क्षेत्रमा एकीकृत गर्दै लैजाने एवं जनसंख्या व्यवस्थापन र परिचालनलाई सहज र समयअनुकूल बनाउने उद्देश्यले २० वर्षे 'जनसंख्यासम्बन्धी दीर्घकालीन योजना (२०६७-२०८७)' सोमबार सार्वजनिक भएको छ । विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रममा सार्वजनिक गरिएको योजनाले गरिब तथा जोखिमपूर्ण अवस्थामा रहेका समूहमा प्रभावकारी स्वास्थ्य सेवाको विस्तार गर्ने, प्रजनन स्वास्थ्य सेवाको विस्तार गर्ने र देशव्यापी रूपमा गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार गर्ने उद्देश्य लिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय जनसंख्या समितिका अध्यक्ष झलनाथ खनालले उक्त योजना विमोचन गर्दै खनालले नेपालमा घट्दो मृत्युदर, घट्दो तर उच्च प्रजनन दर र घट्दो तर उच्च मातृ तथा शिशु मृत्युदर सुखद लक्षण भएको समेत जनाए ।

No comments: