News

Jul 11, 2011

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २७ - ऊर्जा मन्त्रालय र राष्ट्रिस्तरका पाँच निजामती कर्मचारी संगठनबीच आइतबार राष्ट्रसेवकहरूको तलबबाट रकम जुटाएर कम्पनी स्थापना गरी १ सय मेगावाटसम्मको जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको छ । ऊर्जा मन्त्री गोकर्ण बिष्ट, सचिव बालानन्द पौडेल र पाँच संगठनका प्रतिनिधिबीच करिब ८० हजार निजामती कर्मचारीको वर्षको एक महिनाका तलब बराबरका दरले रकम जम्मा गरी १ सय मेगावाटसम्मको आयोजना विकास गर्न चारबुँदे सहमति भएको छ । सहमतिमा ऊर्जा मन्त्रालयका तर्फबाट मन्त्री विष्ट, सचिव पौडेल, विद्युत् विकास विभागका महानिर्देशक महेन्द्रबहादुर गुरुङ र कर्मचारीका तर्फबाट निजामती कर्मचारी संगठनका भोला पोखरेल, कर्मचारी युनियनका सुवोध देवकोटा, राष्ट्रिय निजामती कर्मचारी संगठनका यमनाथ पोखरेल, स्वतन्त्र कर्मचारी मिलन केन्द्रका कृष्ण भण्डारी, मधेसी निजामती कर्मचारी मञ्चका दशरथ मिश्रले हस्ताक्षर गरेका छन् ।

No comments: