News

Jul 12, 2011

वैद्य र बाबुराम पक्षधरद्वारा उपत्यकामा संयुक्त भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीभित्र तिब्र रुपमा विवाद बढीरहँदा आज उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराई पक्षधरले उपत्यकामा संयुक्त रुपमा भेला गरेका छन् । बुधबार बस्ने केन्द्रिय समितिको बैठकमा संयुक्त रुपमा कसरी प्रस्तुत हुने विषयमा भेलामा छलफल भएको बताइएको छ । संयुक्त भेला ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा भएको हो । यसअघि वैद्य र बाबुराम पक्षधरले संयुक्त रुपमा भेला गरेका थिएनन् । भट्टराई पक्षधर पोलिट ब्यूरो सदस्य राम कार्कीले पार्टीलाई कसरी व्यवस्थित बनाउने तथा केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने विषयमा भेलामा छलफल भएको बताए । भेलामा उपाध्यक्षद्वय वैद्य र भट्टराई सहित दुवै पक्षका गरी ५०/६० जना नेताहरुको सहभागिता रहेको थियो । वैद्यपक्षसंगको छलफल सकिएपछि भट्टराई अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको झम्सीखेलस्थित निवास पुगेका थिए ।

No comments: