News

Jul 10, 2011

सुडान घोटालाको पहिलो सुनुवाई, डिएसपी केसीसँग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २६ - बिशेष अदालतले सुडान घोटाला सम्बन्धी मुद्दामा आइतवार पहिलो पटक सुनुवाई गर्दै एक आरोपीलाई ३५ लाख धरौटी बुझाउन र त्यो नबुझाएमा थुनामा राख्न आदेश दिएको छ । सुडान घोटालामा ३४ जना आरोपी प्रहरी अधिकृत मध्येका डिएसपी दिनेश केसीलाई विशेष अदालतले धरौटी बुझाउन वा नबुझाएमा थुनामा राख्न आदेश दिएको हो । विशेष अदालतका प्रमुख न्यायाधीश गौरीबहादुर कार्की तथा न्यायाधीशहरु केदारप्रसाद चालिसे र ओमप्रकाश मिश्रले उक्त आदेश दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्रिकी मुलुक सडानमा खटिएका प्रहरीको लागि एपीसी लगायत गरी ४४ करोड रुपैयाँको सामाग्री खरिदमा करिव २९ करोड भ्रष्टाचार भएको भन्दै प्रहरीका ३४ जना पूर्व र बहालवाला अधिकृत तथा दुई ठेकदार विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको पहिलो सुनुवाई गर्दै बिशेष अदालतले उक्त धरौटी रकम मागेको हो । सुनुवाईका क्रममा अभियोग लागेका पूर्व प्रहरी अधिकृतहरुको ठूलै स‌ख्या अदालतमा उपस्थित थिए । अदालतले ठूलो रकम धरौटी माग गरेपछि उनीहरुको अनुहार निन्याउरो देखिएको थियो ।

No comments: