News

Jul 15, 2011

संसद् बैठक जारी, अर्थमन्त्री बजेट प्रस्तुत गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३१ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति भएपछि उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार आर्थिक वर्ष २०६८/६९ को बजेट संसदमा पेश गरिरहेका छन् । मोर्चाले उठाएका मागलाई प्रधानमन्त्री झलनाथ खनालले सकारात्मक लिंदै लिखित पत्र पठाएपछि मोर्चा बजेट पेश गर्न दिन सहमत भएको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जेपी गुप्ताले जानकारी दिए । मोर्चाले उठाएका शान्ति, संविधान, राज्य सञ्चालन र समुचित विकासको माग जायज रहेको भन्दै प्रधानमन्त्री खनालले मागलाई 'वर्तमान परिस्थितिको माग' भनेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्दै मोर्चाले पूर्वनिर्धारित बजेट पेश गर्न बिहीबार अवरोध गरेको थियो ।

No comments: