News

Jul 18, 2011

माओवादी अध्यक्ष प्रचण्ड एक्लिए, उनका विरुद्ध ७४ जनाको हस्ताक्षर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका उपाध्यक्षहरु मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र महासचिव रामबहादुर थापा बादल पक्षधरले अध्यक्षविरुद्ध ७४ जनाको हस्ताक्षर संकलन गरेसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केन्द्रिय समितिमा अल्पमतमा परेका छन् । दुई उपाध्यक्ष सहित महासचिव पक्षधरले उचित कार्य विभाजनको माग गर्दै आन्तरिक रुपमा ७४ जनाको हस्ताक्षर संकलन गरेका हुन् । माओवादी केन्द्रिय समितिमा १ सय ४८ सदस्य रहेका छन् । बाबुराम, बैद्य र बादलवीच आइतवार र सोमबार भएको छलफलमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश समूहको सहभागिता बिनै बहुमत पुराउने सहमति भएको थियो । यसअघि दिनानाथ शर्मा, डिलाराम आचार्यसहित चार जना प्रचण्ड पक्षधरतिर गएपछि बैद्य र भट्टराईको पक्षमा बहुमत पुगेको थिएन । आफ्नो विरुद्धमा बहुमत नपुगेलगतै प्रचण्डले केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर आज आफू अल्पमतमा परेको थाहा पाए लगतै माओवादी अध्यक्ष प्रचण्डले सोमबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेका छन् । भदौ १४ अघिकै सरकारमा आफुलाई उपप्रधान तथा गृहमन्त्री दिन राजी भए आफ्ना पक्षका नेतालाई हस्ताक्षरमा सहभागी गराउने प्रस्ताव प्रकाशले राखेका थिए । जसमा वैद्य र बाबुराम पक्ष सहमत भएपनि प्रकाशले अध्यक्षसँग समेत वार्गेनिङ गरेर आफुहरुलाई धोका दिएको वैद्य-बाबुराम पक्षको ठहर छ ।

No comments: