News

Jul 15, 2011

रुकुममा पहिरोमा पुरिएर १३ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुममा पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ । रुकुमको पूर्तिमकाँडा गाविसको गिठाकोटमा गएराति १० वजे आएको पहिरोले स्थानीय उदिराम वुढाको घर पुरिँदा उनको परिवारका १० जनाको मृत्यु भएको छ भने पूर्तिमकाँडाकै भलाटाकुरीमा धनसिंह घर्तिको घर पनि पहिरोले पुर्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदिराम बुढा, उनकी श्रीमती, छोरा खडकबहादुर, बुहारी कवली र दुई नाती रोसन, एकराज त्यस्तै छोरी गौनी विसी, छोरी जुवाई रुद्रबहादुर विसी, नातीहरु नवराज, जीवन रहेका छन् । प्रहरीले पहिरोबाट नातीहरु रोसन र एकराजको शव निकालेको छ । त्यस्तै धनसिंह घर्तिका छोरा रमेश, सविन र छोरी अमृताको मृत्यु भएको छ ।

No comments: