News

Jul 18, 2011

सद्‌भावना पार्टी पनि फुट्यो, संसद्‌मा दल संख्या ३१

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २ - मधेसी दलको विभाजन हुने लहर चलिरहेकै बेला सद्‌भावना पार्टी पनि विभाजित भएको छ । अध्यक्ष राजेन्द्र महतोसँग असन्तुष्ट रहँदै आएका अनिलकुमार झाले चार सभासद्सहित सोमबार संघीय सद्‌भावना पार्टी गठन गरेका छन् । झासँगै खोभारी राय, महेश यादव र मलवतीदेवी रानाथारु नयाँ पार्टीमा गएका छन् । यो सँगै संविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ३१ पुगेको छ । नयाँ पार्टीबारे संसद् सचिवालयमा जानकारी गराई सकिएको र सोमबारै निर्वाचन आयोगमा दर्ता गर्ने पार्टी अध्यक्ष झाले जानकारी गराए । पार्टी हित विपरीत काम गरेको भन्दै सद्‌भावना पार्टी अध्यक्ष महतोले झालाई केही दिन अघि निलम्बन गरिसके पनि संसद्ले त्यसलाई अनुमोदन गरिसकेको थिएन ।

No comments: