News

Jul 10, 2011

फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २५ - गुगलसँग प्रतिस्पर्धाका लागि चालिएको एक कदमको रूपमा हेरिएको एक नयाँ प्रविधिका रुपमा फेसबुकले पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध गराउने भएको समाचार छ । फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट गुगलले पनि गुथल प्लस नामको अर्को एवं नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै गरिसकेको छ । गुगल प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ । फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल लागि स्काइपबीच साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले केही शीघ्र सन्देशका लागि केही औजारहरुको उपयोग गर्दछन् । यो वर्षको सुरुमा माइक्रोसफ्टले स्काइपलाई किनेको थियो । स्काइपमा फेसबुकको पनि हिस्सा रहेको छ तर कानुनीरूपमा यो सम्झौता अभैm पूरा भएको छैन ।
नयाँ भिडियो च्याटको सुविधा घोषणा गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गले अहिले फेसबुकको उपयोग गर्नेहरूको सङ्ख्या ७५ करोड पुगेको घोषणा गर्नुभयो । यद्यपि उहाँले सक्रिय मानिसहरूको सङ्ख्या अब साइटको सफलताको उपयोगीस्तर नबनेको बताउनुभयो । उहाँले यसबाट फेसबुकका सदस्यहरू आपसमा कति तस्बिर, भिडियो लिङ्क र वेब लिङ्कको उपयोग गरिरहेका छन् भन्ने बारेमा सफलताको धेरै सङ्केत प्राप्त हुने बताउनुभयो । फेसबुकको भिडियो च्याटको प्रविधिअनुसार यो कुराकानी दुई व्यक्तिबीचमा सम्भव हुनेछ तर गुगलको तर्फबाट भने यो सुविधा एकै पटकमा धेरै मानिसहरूबीच सम्भव हुने बताइएको छ ।

No comments: