News

Jul 18, 2011

गोरखामा जग्गा नाप्न गएका अमिन स्थानीयको कुटाईबाट घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखामा सार्वजनिक जग्गा नाप्न गएका एक अमिन स्थानीयको कुटाइबाट घाइते भएका छन् । खोलाको सार्वजनिक जग्गा नाप्न गएका नापि कार्यालयका अमिन नारायण भट्टराईलाई गोरखा नगरपालिका –१० का स्थानीयले कुटपिट गरी घाइते बनाएका हुन् । खोलाको जग्गा नापजाँच गर्नका लागि स्थानीयहरुले हालेको निवेदन अनुसार सोमबार बिहान जग्गातर्फ जादै गरेका भट्टराईलाई स्थानिय देवेन्द्र भण्डारी र दिल बहादुर भण्डारीको समूहले कुटपिट गरेको हो । कुटपिटबाट घाईते भट्टराईको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घट्नाको बिरोधमा नापि कार्यालयले भने आज बिरोधस्वरुप काम बन्द गरेका छ । भट्टराईलाई स्थानियहरुले आईतबार हालेको निवेदनको आधारमा जग्गा छुट्याउनका लागि सिर्दी खोलातर्फ हिडेका थिए । उक्त खोला केही समय यता धनिपूर्जा भएको जग्गातर्फ बग्न थालेको छ । रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले भने कर्मचारी कुटपिट गर्नेको खोजि भईरहेको बताए ।

No comments: