News

Jul 8, 2011

आजदेखि ताप्लेजुङमा अनिश्चितकालका लागि यातायात बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैज्ञानिक भाडादार लागु नगरेको भन्दै विभिन्न विद्यार्थी संगठनले आजदेखि ताप्लेजुङमा अनिश्चितकालका लागि यातायात बन्दको आह्वान गरेका छन् । अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियू र संघिय विद्यार्थी युनियनले संयुक्त रुपमा यातायात बन्दको आवाहान गरेका हुन् । बन्दका कारण विहानै देखि ताप्लेजुङबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । अन्य जिल्लामा सरकार र १३ विद्यार्र्थी संगठनबीच सार्वजनिक यातायातका साधनमा बैज्ञानिक भाडादर लागु भएपनि ताप्लेजुङमा नभएको भन्दै ताप्लेजुङका विद्यार्थीहरुले एक सातादेखि माग राख्दै आएका थिए । बन्द खुलाउने विषयमा अहिले बिहान प्रमुख जिल्ला अधिकारी देवराज ढकालले विद्यार्थी संगठनका प्रतिनिधि र यातायात व्यवसायिका प्रतिनिधिलाई वार्तामा बोलाउनु भएको छ ।

No comments: