News

Jul 9, 2011

मन्त्रीद्वारा कारबाही प्रक्रिया थाल्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २५ - शिक्षमन्त्री गंगालाल तुलाधरले विद्यालय तहको पाठ्यपुस्तकमा ७३ करोड रुपैयाँ हिनामिना भएकोबारे कारबाही प्रक्रिया थाल्न सचिवलाई निर्देशन दिएका छन् । मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन बुझ्दै शुक्रबार उनले यस्तो निर्देशन दिएका हुन् । पूर्वशिक्षा सचिव जयराम गिरी संयोजक रहेको समितिले शुक्रबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो । 'प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सचिवज्यूलाई भनेको छु,' मन्त्री तुलाधरले भने, 'अनियमितता गर्ने कोही छुट्नु हुँदैन । सुझाव अनुसारको सुधार कार्य समयमै थाल्दा भोलिको दिनमा आउन सक्ने समस्या समाधान हुन्छन् ।' विद्यालय तहको पाठ्यपुस्तक वितरणमा समस्या देखिएपछि मन्त्रालयले डेढ महिनाअघि सरोकारवाला तथा विज्ञसहितको ९ सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्रतिवेदनले रकम हिनामिना गर्नेलाई कानुनी बनाएर कडा कारबाही गर्न र पाठ्यपुस्तक प्रकाशन तथा वितरणको काम सुधार्न मन्त्रालयलाई सुझाव दिएको छ ।

No comments: