News

Jul 10, 2011

'न्यूज अफ द वर्ल्ड' पत्रिका आइतबारदेखि बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २६ - 'थ्याङ्क्यू एण्ड गुडबाई' भन्दै बेलायतको सर्वाधिक विक्री हुने साप्ताहिक पत्रिका 'न्यूज अफ द वर्ल्ड' पत्रिका आइतबारदेखि बन्द भएको छ । फोन हृयाकिङका विषयमा विवाद भएपछि यो अखबारले आइतबारदेखि नियमित प्रकाशन बन्द गरेको हो । पत्रिकाको अन्तिम संस्करणको मूख्य पृष्ठमा 'धन्यवाद र अलबिदा' भन्दै पत्रिका बन्दको घोषणा गरिएको छ । पत्रिकाको कार्यालयमा प्रकाशन बन्द घोषणा गरेका सम्पादक कलिन मायलरले 'आफू रहनुको योग्यताको अन्त्य भएको' बताए । सम्पादक मायलरले करिव २ सय कर्मचारीसामू संक्षिप्त मन्तब्य दिंदै ८ हजार ६ सय ७४ औं संस्करण नै अन्तिम भएको बताए । उनले पत्रिकाका ७५ लाख पाठक र कर्मचारीलाई धन्यवाद दिए । पत्रिकाको पूरा पृष्ठको सम्पादकीयमा पनि पाठकसामू माफी मागिएको छ । 'हामी आफ्नो बाटो बिराएका थियौं,' सम्पादकीयमा लेखिएको छ । पत्रिका बन्द भएपछि त्यसमा कार्यरत २ सय कर्मचारी बेरोजगार भएका छन् ।

No comments: