News

Jul 9, 2011

आजदेखि दक्षिण एसियाली सभामुखहरुको सम्मेलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि दक्षिण एसियाली सभामुखहरुको सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा सार्क क्षेत्रका आठ राष्ट्रका सभामुखहरुको सहभागिता रहनेछ । भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले उदघाटन गर्ने सम्मेलनमा सार्क राष्ट्रहरुमा संसदीय व्यवस्था, त्यसको सुधार, जनता र संसदबीचको सम्बन्ध लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोली हिजो नै भारत प्रस्थान गरेको थियो । आजबाट सुरु हुने सम्मेलनमा सभामुख नेम्वाङले पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ । आजबाट सुरु हुने सम्मेलन मंगलबार सकिने छ । सभामुख नेङवाङसँगै अन्य एकीकृत नेकपा माओवादी र एमालेका सचेतक हिजो नै त्यस तर्फप्रस्थान गरे पनि नेपाली काङग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरे भने आज मात्र नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

No comments: