News

Jul 16, 2011

संसदको बैठकमा आजबाट सुरु बजेटमाथिको छलफल जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदको बैठकमा आजबाट सुरु भएको बजेटमाथिको छलफल जारी रहेको छ । बजेट छलफलका लागि संसद बैठक बिहान ८ बजेबाट सुरु भएको हो । बजेटमाथि लगातार सात घण्टासम्म छलफल हुने भएको छ । सभासदहरुको जिज्ञासाको अर्थमन्त्री भरतमोहन अधिकारीले जवाफ दिएपछि आजै पेस्की बजेट पारित गरिने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ । संसदको हिजोको बैठकमा अर्थमन्त्री अधिकारीले आर्थिक विधेयक पेश गर्नु भएको थियो । अर्थमन्त्री अधिकारीले संसदमा कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको बजेट पेश गरेका छन् । मूल्य वृद्धिदर ७ प्रतिशतमै सीमित गर्ने महत्वकांक्षी योजना अघि सार्दै आर्थिक वृद्धिदर ५ प्रतिशतमा पुर्‍याउने लक्ष्य सरकारको छ । सरकारले प्रस्तुत गरेको बजेटमा चालूतर्फ२ खर्ब ६६ अर्ब ६१ करोड बजेट छुट्याइएको छ । यसैबीच व्यवस्थापिका संसद्को बैठकमा अर्थमन्त्रीले बजेट भाषण गर्नुपूर्व नै बजेट र्सार्वजनिक भएको भन्दै प्रतिपक्षिको विरोधपछि गठन भएको संसदीय छानविन समितिको बैठक आज बस्ने भएको छ । समितिको बैठक अहिले बिहान बस्ने समितिका संयोजक तथा नेपाली काङग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले जानकारी दिए । घिमिरेको संयोजकत्वमा गठित सात सदस्यीय समितिले बजेट लिक भएको विषयमा छानबिन गरि प्रतिवेदन तयार पार्नेछ । समितिका अन्य सदस्यहरुमा कल्पना राणा, जयपुरी र्घर्ती, पोष्टबहादुर बोगटी, भीम आचार्य, रमेश लेखक र हृदयश त्रिपाठी रहेका छन् । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सँसदमा बजेट प्रस्तुत गरिरहेका बेला अर्थमन्त्रालयको वेभसाइटमा बजेटको पूर्ण पाठ सार्वजनिक गरिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङग्रेस लगायतका दलहरुले नियमापत्ति जनाएका थिए ।

No comments: