News

Jul 16, 2011

दुई लिम्बुवान समूहबीच एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, अषाढ ३२ - अरुण पूर्वका ९ जिल्लामा लिम्बुवान राज्यको माग गर्दै आन्दोलनरत दुई समूहबीच शनिबार एकता भएको छ । साता लामो बैठकपछि एकतावद्ध लिम्बुवान आन्दोलन र पदाधिकारी चयनमा सहमत भएपछि एकिकरणको घोषणा भएको हो । नयाँ संगठनको नाम लिम्बुवान मुक्ति मोर्चा रहने छ । वीर नेम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा र रामभक्त कुरुङ्वाङ नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद् एकता संयोजन समितिबीच एकता भएको हो । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी दुवै समूह एकताको घोषणा भएको संयोजन समितिका सदस्य सचिव पदम अधिकारीले जानकारी दिए । नयाँ समूहको अध्यक्षमा वीर नेम्वाङ् छन् । उपाध्यक्षमा संयोजन समितिका अध्यक्ष कुरुङ्वाङ र अधिकारी महासचिव छन् । दुवै समूह एक भएपछि केन्दि्रय समिति ४७ जनाको भएकोछ । सदस्य-सचिव अधिकारीले लिम्बुवान आन्दोलनलाई एकतावद्ध ढंगले अघि बढाउन एकता गरिएको र पूर्वी पहाडी र तराईका जिल्लामा यसले राम्रो प्रभाव पार्ने जानकारी दिए । अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य घोषणाको माग गर्दै आधा दर्जन समूह सक्रिय छन् । नेम्वाङ् नेतृत्वको मोर्चाको संगठन इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा बलियो छ । एकता संयोजक समितिको पहलमा दुई वर्षयता विभक्त समूहलाई एक बनाउने अभियान सञ्चालन गरिएको छ ।

No comments: